ने प नि संघको अधिवेशन सम्पन्न : सभापतिमा राजभण्डारी निर्विरोध

14/07/2011 10:10

 

बागलङ असार ३० । नेपाल परिवार नियोजन संघ बागलुङ शाखाको निर्वाचनमा अशोकगोविन्द राजभण्डारी सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । संघको बिहिबार सम्पन्न ३३ सौं अधिवेशनले सभापति लगायत संघका सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित गरेको हो ।

सदस्यहरुमा निर्विरोध हुनेमा सहदेव राजभण्डारी प्रवीण शंकर श्रेष्ठ ईन्द्रराज श्रेष्ठ कपिलामणि शर्मा निर्माण कुमार श्रेष्ठ रहेका छन भने महिला सदस्यहरुमा क्रमशः ज्योती श्रेष्ठ सोभना शाक्य कविता शाक्य कुमारी श्रेष्ठ त्रिकला थापा खड्ग कुमारी खडका रेणुका राजभण्डारी र युवा सदस्यमा सजना कुमारी श्रेष्ठ रहेका छन् । नव निर्वाचित सदस्यहरुका कार्य बिभाजन हुन बांकी छ ।

बिहिबार नै भएको संघको ३३ सौं सभाको उद्घाटन प्रमुख अतिथी बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले गरेका थिए । कावा सभापति निरन्जनलाल राजभण्डारीको सभापतित्वमा भएको सो सभामा संघकी केन्द्रिय सदस्य सहनशीला श्रेष्ठ पूर्व सभापति कृष्णशंकर श्रेष्ठ पूर्व उपसभापति देवबहादुर श्रेष्ठ समाजसेवी विश्वनाथ रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संघको प्रतिवेदन सचिव अशोकगोविन्द राजभण्डारीबाट प्रस्तुत गरिएको थियो भने आयव्यय विवरण कोषाध्यक्ष प्रवीणशंकर श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत भाषण सुरेश श्रेष्ठ र कार्यक्रमको सन्चालन कविता शाक्यले गरेका थिए ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment