प्राधिकरणको लापर्वाहीले चौबीस घण्टा बागलुङ अध्यारो, उपभोक्ता मर्कामा

20/07/2011 10:05

बागलुङ साउन ४ । उद्योग व्यवसाय र दैनिक जीवन यापनमा अत्यावश्यक विद्युत सेवा नियमित नहुदा बागलङवासी चिन्तित बनेका छन् । विद्युत सेवा सन्चालन हुने र बन्द हुने बारेमा जानकारी नपाउँदा तथा पटक पटक विद्युत गइरहदा अस्पताल सन्चारमाध्यम लगायत विद्युतको माध्यमबाट सचालन हुने विभिन्न उद्योग धन्दा सन्चालकहरु मर्कामा परेका छन् ।

नेपाल विद्युत प्राधिकरण बागलुङले समस्या समाधानका लागि तदारुकता नदेखाउँदा पटक-पटक समस्या आउने गरेको उपभोक्ता हरुलेबतााएका छन् ।
मंगलबार राती देखि विद्युत सेवा अवरद्ध भएर बुधबार राति ९ बजे सम्म सचालन नहुदा पनि विद्युत प्राधिकरणको बागलुङ शाखालाई किन र कसरी विद्युत अवरुद्ध भएको हो भन्ने जानकारी नभएको शाखा प्रमुख सन्ज कमार लालले बताए ।

प्रमुख जिल्ला अधिकारी ख्यामबहादुर थापाले विद्युत अवरुद्ध हुने विषयमा नागरिकले जानकारी पाउनु पर्ने भन्दै लामो समयसम्म विद्युत अवरुद्ध हुने अवस्थाको अन्त्य गर्न प्राधिकरणलाइनिर्दे शन ि दएका छन् । ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment