बागलुङ नगरपालिकाको रु ४ करोड ८२ हजारको वार्षिक बजेट सार्वजनिक !

14/07/2011 09:50

बागलुङ असार २९ । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०६८।६९ का लागि ४ करोड ८१ लख ६५ हजार २ सय ९४ रुपैयाको आय व्यय विवरण सार्वजनिक गरेको छ । नगरपालिकाको पन्ध्रौ नगरपरिषदले पारित गरेको नीति तथा कार्यक्रम सहित आय व्यय विवरण बुधवार सार्वजनिक गरिएको हो ।
नगरपालिकाले पूँजिगततर्फ १ करोड १० लाख ४३ हजार र विकासतर्फ ३ करोड ७१ ल्ााख २२ हजार २ सय ९४ गरी कुल ४ करोड ८१ ल्ाख ६५ हजार २ सय ९४ रुपैयाको बजेट सार्वजनिक गरेको हो ।

नगरपालिकाको आफ्नो आन्तरिक आय तथा नेपाल सरकारबाट प्राप्त स्रोतलाई नगरक्षेत्रको बिकासमा अधिकतम उपयोग गर्न नगरपालिका अनुदान साचालन कार्यविधि २०६७ ले ब्यबस्था गरे अनुरुप विभिन्न मितिमा नगरस्तरिय एकिकृत योजना तर्जुमा समिति तथा नगरक्षेत्रमा कि्रयाशिल राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुसंगको गहन छलफल र परामर्श पछि तयार पारिएको नीति कार्यक्रम र आय व्यय विवरण सार्वजनिक गरिएको हो ।

नगरपालिकाका कार्यकारी अधिकृत मुकुन्द शर्माले प्रस्तुत गर्नु भएको वार्षिक बजेटमा लक्षित वर्गका लागि ६० लाख ४० हजार बजेट विनियोजन गरिएको छ । लक्षित वर्गतर्फ महिला विकासका लागि १८ लाख २६ हजार बालविकासका लागि १७ लाख २६ हजार जेष्ठ नागरिक दलित जनजाती र फरक क्षमता भएकाहरुका लागि २५ लाख ८९ हजार रकम विनियोजन भएको छ ।

त्यसैगरी नगरपालिका भित्रका सडक मर्मत निर्माण तथा कालोपत्रे गर्नका लागि ४६ लाख विद्यालय तथा बालविकास केन्द्रको भवन निर्माण तथा मर्मतका लागि २५ लाख ८० हजार ल्याण्डफिल्ड साइट तथा नगरपालिकाको भवन निर्माणका लागि ३० लाख पैदल मार्ग निर्माण तथा मर्मतका लागि १४ लाख ५९ हजार खानेपानीमा १२ लाख २० हजार सडक तथा नाली निर्माणका लागि ८ लाख ४६ हजार सरसफाइतर्फ २५ लाख ७० हजार वातावरण तथा जनस्वास्थ्यका लागि १० लाख ५० हजार रकम विनियोजना गरिएको छ ।

त्यसैगरी माझी वस्ती व्यवस्थापनका लागि १० लाख पर्यटन विकासका लागि २ लाख ५० हजार सामुदायिक शसक्तिकरणका लागि ८ लाख पार्क मर्मत तथा निर्माणका लागि ६ लाख ५० हजार खेलकूद कला र साहित्यको विकासका लागि ३ लाख ५० हजार विपद व्यवस्थापनका लागि ३ लाख ७६ हजार सामाजिक विकासका लागि ६ लाख रकम विनियोजन भएको छ ।

यस्तै गरिबी न्यूनिकरणकोषका लागि ३५ लाख कार्य सम्पन्न हुन बाँकी योजनाका लागि ४ लाख ५० हजार एकीकृत सम्पत्ती कर व्यवस्थापनका लागि १ लाख ५० हजार वडा कार्यालय साचालनका लागि १ लाख ४५ हजार सामाजिक सुरक्षा कार्यक्रमका लागि ७० लाख दलित बालबालिकाको पोषण खर्चका लागि १५ लाख ९१ हजार साना िसंचाई कार्यक्रमका लागि १ लाख र जेष्ठ नागरिकको आँखा परिक्षण कोषका लागि १ लाख संस्थागत साचार विकासका लागि १ लाख रकम विनियोजन गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ख्यामबहादुर थापाले नीति तथा कार्यक्रम राम्रो भएको भन्दै सही रुपमा कार्यान्वयनका लागि ध्यान दिनु पर्नेमा जोड दिनुभएको थियो । उहाँले नीति तथा कार्यक्रमहरु सही रुपमा कार्यान्वयन नहुदाँ धेरै कामहरु सही रुपमा अगाडि बढ्न नसकेको भन्दै अनुगमन तथा मूल्यांकन नियमित हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी विष्णुबहादुर थापाले नगरपालिकाले आम्दानीका स्रोतहरुको पहिचान गरी सोही अनुसार काम अगाडि बढ्नु पर्नेमा जोड दिदै घर बहाल कर कडाइका साथ लागु गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रम बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत मुकुन्द शर्माको अध्यक्षता र योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीको साचालनमा सम्पन्न भएको थियो ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment