बागलुङमा १९८ औं भानु जयन्ती

14/07/2011 10:19

बागलुङ असार २९ । आदिकबी भानुभक्त आर्चायको १ सय ९८ औ जन्म जयन्ती आज बागलुङमा मनाइएको छ । धौलागिरी साहित्य प्रतिष्ठान बागलुङले भानु जयन्तीको अवसरमा बागलुङ नगरपालिका ३ चिप्लेटी बसपार्क नजिकै रहेको गुठी बनबाटिकामा स्थलगत कविता तथा चित्र लेखन प्रतियोगिता आयोजना गरी भानुजयन्ती मनाएको हो ।
सो अवसरमा मन्त्व्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी ख्यामबहादुर थापाले आदिकवि भानुभक्त आचार्यले आफ्नो समयमा व्यक्त गर्नुभएका विचारहरु अहिले पनि उक्तिकै सान्र्दभिक रहेकाले समय सापेक्ष सिर्जना गर्न तर्फ उन्मुख रहन स्रष्टाहरुलाई आग्रह गर्नुभयो ।
उहांले विगत वनबाटिकामा आदिकवि भानुभक्त आचार्यको शालिक र कार्यक्रम संचालनका लागि शत्तलको आवश्यकता रहेकोले सबैले समन्वय गरेर निर्माण गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी हरि गौतम नेकपा एमाले बागलुङका सचिव नरबहादुर थापा स्थानीय शान्ति समितिका संयोजक हरिनारायण गौतम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष रामबहादुर जिसीले भानुभक्तको योगादनका बारेमा चर्चा गर्नु भएको थियो ।
सो अवसरमा आयोजित भानु चित्र लेखन प्रतियोगितामा पत्रकार राम थापा अविरल उत्कृष्ट हुनु भएको थियो । सहभागिहरुले भानुभक्तका बारेमा १० मिनेटमा कविता सिर्जना गरी वाचन गरेका थिए ।
रचना बाचन गर्नेहरुमा विकल्प कविराज गौतम कल्पना श्रेष्ठ खड्क थापा निर्दोष षडानन्द पौडेल हिराबहादुर केसी काजी रोशन संगम संगिन सुजन निउरे नविन शिशिर हेमन्त खत्री भीमबहादुर परियार भूपेन्द्र केसी र राम थापा अविरल रहनु भएको थियो ।
धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजीरोशनको अध्यक्षता र सदस्य षडानन्द पौडेलको स्वागतमा सम्पन्न कार्यक्रमको साचालन राम अविरलले गर्नुभएको थियो ।

यसैबीच आदिकबी भानुभक्त आर्चायको १ सय ९८ औ जन्म जयन्तीको अवसर पारेर बागलुङको तंग्राम गाविस-६ सिर्मातमा कुवा निर्माण गरिएको छ । भानुभक्तले एक जना घासीको प्रेरणाबाट बनाएको घासीकुवाँको स्मरण गर्दै तंग्राममा कुवा निर्माण गरिएको हो ।
बसन्त साहित्यिक संगम तंग्रामले निर्माण गरेको उक्त कुवाको युवा गजलकार अनिलकुमार निर्दोषले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि निर्दोष नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष मनिष थापा पशुपति प्रावि व्यवस्थापन समितिका अध्यक्ष हर्कप्रसाद पुन समाजसेवी कर्णबहादुर थापा उजिरबहादुर थापा संस्थाका सल्लाहकार टिकासंगम विक लगायतले भानुभक्तका विभिन्न आयामका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष विष्णु आलेको अध्यक्षता कोषाध्यक्ष गौरी थापाको स्वागत तथा गंगा थापा र बडेन्द्र विकको साचालनमा सम्पन्न भएको थियो ।
यसैगरी आदिकबी भानुभक्त आचार्यको १ सय ९८ औ जन्म जयन्तीको अवसर पारेर बागलुङ नगरपालिका-५ मुलपानीमा बीरशाली सामुदायिक पुस्तकालयको स्थापना गरिएको छ ।
भानुभक्त भन्दा अगाडिका कवि बीरशाली पन्तको स्मृतिमा स्थापना गरिएको पुस्तकालय साचालनका लागि विश्वनाथ रेग्मीको अध्यक्षतामा १३ सदस्यीय पुस्तकालय व्यवस्थापन समिति गठन गरिएको छ ।
समितिको सचिवमा कुलानन्द गौतम र कोषाध्यक्षमा उपेन्द्रराज पन्त रहनु भएको छ ।
भ्ाानु जयन्तीको अवसर पारेर स्थापना गरिएको पुस्तकालय साचालनका लागि स्थानीय वासिन्दाले पहिलो दिन नै १ सय १ थान विभिन्न पुस्तकहरु उपलब्ध गराएको अध्यक्ष विश्वनाथ रेग्मीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment