सेनाको सहयोगमा भिमगिठेमा बृक्षरोपण

05/07/2011 21:44

बागलुङ असार २१ । बागलुङको भिमगिठे गाविस वडा नम्बर २ स्थित इन्द्रेणी सामुदायिक बन क्षेत्र अन्र्तगत ब्लग नम्बर १ रानो पहरामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक कार्यलाई प्रोत्साहन गर्दै बन क्षेत्रको विकास गर्ने उद्देश्यले नेपाली सेनाको सुर्यदल गण भिमगिठे सुरक्षा बेश ख गुल्म र स्थानीय सामुदायिक बन उपभोक्ता समूहको संयोजनमा बृक्षरोपण गरिएको हो ।
सो बन क्षेत्रमा ४ सय पैयु ३ सय रायखन्यु र ४ सय चिउरी गरी १ हजार १ सय गोटा बिरुवा रोपिएको सुर्यदल गण भिमगिठे सुरक्षा बेस ख गुल्मका सह सेनानी अम्बरबहादुर थापाले जानकारी दिए ।
सुरक्षा बेस ख गुल्मका २६ जना सैनिक जवान र सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारी र सदस्य गरी ४० जनाको सहभागितामा बृक्षारोपण गरिएको उनले बताए ।

तपाईंको प्रतिकृया..!!

Date: 13/05/2013

By: RFN NB ROKA(INDIA)

Subject: A

THANKS

New comment