कतै तपाईका सपना चट्याङ सरी चकनाचुर हुने त होइनन्

12/06/2011 10:34

रेशमलाल पौडेल

तपाई हामी दैनिक जस्तै सुन्ने गर्छौ बिभिन्न बहानामा नेपालबाट दलालहरुको फोस्रो आश्वासनमा फसेर नेपालीहरु ग्रिस छिरिरहेका छन । युरोपिएन युनिएन सम्बद्द ग्रिस जस्मा पहिलो पाइला टेक्नको लागि १०-१२ लाख नेपाली बिना कारण बिना सोध पुछ दलाललाई बुजाउने गरिन्छ । हिजो भर्खर जस्तो लाग्छ मुस्किलले १०-१५ नेपाली भएको देशमा आज एक्कासी करिब करिब १०० भन्दा बडी नेपाली रहेको हाम्रो तथ्यान्कमा जानकारी आएको छ । दैनिक जसो नयाँ नयाँ नेपालीहरु आउने क्रम जारी छ र उनिहरुका ठुला ठुला सपनाहरु एक्कासी चट्याङ जस्तै चकनाचुर भएको अनुभुतीले हामी केही पुराना भनाउदा नेपालीहरुलाई उनिहरुको पिडा सुन्दा सुन्दा हैरानी मात्र होइन तनाब पनि सिर्जना गरेको छ ।

 
  
प्रतेक दिनको छट्पटी पिडा अनी सजिलै घर फर्किन नसकिने उनिहरुको अवस्थाले गर्दा उनिहरुमा शरीरिक कमजोरी त छदै छ मानसिक तनाबमा पनि उल्झिएको हामी पाउने गर्छौ । उनिहरुको भनाइ एस्तो हुन्छ .... कोही साथी हरु बिच बाटोमै हराउनु भयो ।.... कती साथीहरु बोर्डर क्रस गर्दा कता छुट्नु भयो । .....धन्न बचेँर आइयो । ......अब त कहिलेइ बिदेश जानु कसैलाई भन्ने छैन । आदी आदी कुराहरु सुन्दा सुन्दा हामी दिक्क छौ । जमिनसँग जोडीएको देश मध्ये टर्कीबाट बिभिन्न माध्य्मले ग्रिस छिर्न खोज्दा कतिले बिच बाटोमै ज्यानै गुमाएको कुरा पनि सुन्नमा आएको छ । यस्मा सबैको उत्तिकै कम्जोरी छ । आखिर हामी नेपालीहरु किन बुज्ने कोशीस गर्दैनौकी ग्रिसको अवस्था कस्तो छ यहाँ आउन उचित छ कि छैन? काम पाउने सम्भावना कत्तिको छ ? आदी इत्यादी कुराहहरु आफ्नै तबरले बुज्न खोजेको भये न त तपाईंहरुले पैसा गुमाउनु पर्थ्यो न त जिबन नै जोखिममा राखेर बिदेश हिंड्नु पर्थ्यो ? यो दु:खद समय निम्तिनुमा दलालसँगै तपाईंहरुको पनि उत्तिकै कमजोरी छ ।

   राम्रै भन्नु पर्छ ग्रिसमा भर्खर एउटा सस्था गैर आबसिये नेपाली सँघ ग्रिस को स्थापना भएको छ । र एस्ले निबर्तमान अद्छ्ये श्री यम बहादुर शाही को अधछयतामा २ बर्ष तदर्स समिती मार्फत आफ्नो कार्यकाल पुरा गरी पहिलो रास्ट्रिये सम्मेलन मार्फत श्री कृष्ण प्रसाद पोखरेल को अधछ्यतामा गैर आबसिये नेपाली सँघ ग्रीसको  नयाँ कार्य समिती चएन गरेको छ । तपाईं कोही नेपाली यदी कुनै देशमा जादै हुनुहुन्छ भने त एक पटका त्यो देशमा रहेका सँघ सस्था बारेमा बुज्ने कोशीस गर्नुहोस् । त्यो देशको नक्सा हेर्नु होस् । त्यो देशको भाषा के छ बुज्ने कोशीस गर्नु होस् नत्र तपाईं हरु फेरी पनि फसिरहनु हुने छ । र हाम्रो अनुरोध तपाईं हरुलाई कम्तिमा पनि जानकारी लिएर मात्र हिंड्नु होला ।
   
आँफै बेरोजगारको चपेटामा फसिरहेको देश ग्रिस जुन देशमा तपाईं रोजगारको लालचामा दलालहरुको मिठो अनी कपटी बोलिमा फसेर १०-१२ लाख बुजाउन खोज्दै हुनुहुन्छ भने तपाईंहरु एक पटक रोकिनुहोस् अनी त्यो बेक्ती जो तपाईंहरुलाई हाका हाकी ठग्न खोज्दै छ तेस्को कठालोमा समाएर आफ्नो पैसा बचाउनुहोस् । यदी कसैले बुजाइसक्नु भएको छ भने छिटो भन्दा छिटो फिर्ता लिनुहोस् ।


   
यसै बिसयलाई लिएर हामी ग्रिस रहेका नेपालीहरुले निकट भबिस्यमा नै नेपालमा एउता कार्यक्रम राख्ने सोचाइ बनाएका छौ । गैर आबसिये नेपाली सँघ ग्रिसका बर्तमान अधछ्य श्री कृष्ण  प्रसाद पोखरेल सस्था कै माध्यमबाट छिट्टैनै एउटा ग्रिसको बस्तुगत अवस्था र चुनौतीको बारेमा सम्पूर्ण नेपालीहरुलाई जानकारी गराउने उदेस्यले एउता ब्रिहत कार्यक्रम नेपालमा गर्ने सोचाइ बनाउनु भएको कुरा पनि तपाईंहरुलाई अबगत गराउन चाहन्छौ । ग्रिसमा पहिलेइ देखी बिभिन्न तबरले नेपालीहरुका हरेक समस्यामा अनी दु:खमा सुखमा हरेक रुपले सहयोग गर्दै आउनु भएका  गैर आबसिये नेपाली सँघ ग्रिसका बरिस्ट उपादछ्य श्री राम  प्रसाद सुबेदी पनि अहिलेको बर्तमान पारीबेस देखी अतेन्तै चिन्तित हुनुहुन्छ। सुन्दर देश ग्रिस भित्रका तिता अनी दर्दनाक पिडाहरु बिच पनि नेपाली नेपाली बिच माया ममता आज सम्म बिचलित हुन पाएको छैन त्यो एउता राम्रो पछ्य हो । तै पनि नेपालीहरुको कस्टकर जिबनस्तर अनी बडदो समस्या प्रती सम्पूर्ण ग्रिस निवासी नेपालीहरु चिन्तित हुनुहुन्छ ।


   
तपाईंहरु यदी कोही ग्रिसको बारेमा जानकारी लिन चाहनुहुन्छ भने NRNA को अधिकारिक webside www.nrn.org.np खोल्नुहोस् अनी ग्रिसमा क्लिक्क गर्नुहोस् र त्यहाँ दिएका संपर्क ईमेलमा जती बेला पनि सम्पर्क गरेर यो देशको बारेमा जानकारी लिन सक्नु हुनेछ । हाम्रो उदेस्य तपाईंहरु इल्लिगल तबरले कसैका लह लहैमा लागेर जिबनकै जोखिम लिएर लाखौं लाख खर्च गरेर ग्रिस आउन खोज्नु भएको छ भने एक पटक सोच्नुहोस् एती मात्र हो।


(NRNA advisor greece)

 

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment