कोरियामा सम्पन्न अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा नेपाललाई तेस्रो उपाधी

21/06/2011 05:49

 

अशोक मैनाली, सोल, कोरिया - 'अन्तराष्ट्रिय भलिबल -२०११' मा नेपालले तेस्रो
स्थान प्राप्त गरेको छ। नेपाली दर्शकको बाक्लो उपस्थितिका बीच सउलको यन्छन्
कुकमिन क्षेयोगग्वान सेन्टरमा सम्पन्न उक्त अन्तराष्ट्रिय स्तरको भलिबल खेलमा
चीन, दक्षिण कोरिया र श्रिलंका लाई समेत पराजित गर्दै नेपाली खेलाडीले आफूलाई
दरिलो साबित गरेका थिए।

पहिलो बिजेताको लक्ष्यको साथ खेल मैदानमा उत्रेको नेपाललाई कम्बोडियासँग झिनो
अन्तरले पराजित हुँदा उक्त लक्ष्यमा पुग्ने उसको सपना भने सफल हुन सकेन ।
नेपाली टिमका सशक्त तथा प्रभावशाली खेलाडि उमेश बस्नेतको नेत्रित्वमा मैदानमा
उत्रेको नेपाली टीम कम्बोडियाको 'झेल'पुर्ण र कोचको कमजोरिका कारण यस पटक
नेपाली खेलाडीले तेस्रो स्थानमा नै चित्त बुझाउनु परेको नेपाली दर्शकले
नेपालकोरिया टाइम्स पर्तिक्रिया दिएका थिए।

कोरियामा विभिन्न पेशामा रहेका विभिन्न मुलुकका नागरिकहरु बीच एक आपसमा
भाईचाराको सम्बन्ध स्थापना गर्न कोरियाको गुम्बा 'छोगेसा'को आयोजनामा भएको उक्त
खेलमा कोरिया, चिन, नेपाल, थाइल्याण्ड, मंगोल, कम्बोडिया, श्रीलंका, बंगलादेश,
म्यानमार गरि १० राष्टको खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो। नेपाली दर्शकले
भरिभराउ उक्त खेल मैदानमा नेपालको तर्फबाट क्याप्टेन उमेश बस्नेत सहित बिपिन
गुरुङ( बाग्लुङ), तिलक भण्डारी (बाग्लुङ ), कमल सिंह (सुदुरपश्चिम ), सरोज
खड्का (गुल्मी ), सन्तोष मल्ल (पाल्पा ), रिम थापा(स्याङ्जा ), बाल कुमार सेरचन
(बाग्लुङ), निरज पुन(पाल्पा), टिम म्यानेजरमा गंगा थापा, टिम कोचमा केश भक्त
गुरुङ हुनुहुन्थ्यो।

उक्त खेलको अवसरमा नेपाली सम्पर्क समिति कोरियाका अध्यक्ष डेबिट राई धेरै
खेटेको देखिन्थ्यो भने जनजाति महासंघ कोरियाका अध्यक्ष चन्द कुमार गुरुङ,
ब्यापार संघ कोरियाका अध्यक्ष मदन केसी, जनाधिकार मञ्च कोरियाका महासचिब हरेराम
ढकाल, गोर्खा समाजका अध्यक्ष चेत बहादुर बस्नेत, नागार्जुङ गुम्बाका निर्देशक
उर्गेन लामा, भेरी समाजका रामु लम्साल, सुदुर-पश्चिम समाजका अध्यक्ष नरबहादुर
साकी, कोरियाबाट सञ्चालित नेपाली अनलाइन पत्रिका 'नेपाल कोरिया टाइम्स'का
भिडियो सम्पादक देबी सुनुवार लगायतले नेपाली खेलाडीलाहरुई हौसला दीईरहेको
देखिन्थ्यो।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment