नेपाली व्यापारी अष्ट्रेलियाको १७६ औं धनी

12/06/2011 10:48

सिड्नी, २९ जेठ । अष्ट्रेलियामा ब्यबसाय गरिरहेका नेपाली नागरिक शेष घले यस वर्ष अस्ट्रेलियाको १ सय ७६ औं धनी व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति २६ करोड ९० लाख अस्ट्रेलियन डलर रहेको बताइएको छ ।

 

सन् २०११ को जुन अंकमा बीआरडब्लू पत्रिकाले निकालेको सर्वेक्षणमा घले सूचीमा केही तल झरेपनि सम्पत्ति भने बढेको छ । गत वर्ष घलेको कुल सम्पत्ति २३ करोड ७० लाख अष्ट्रेलियन डलर रहेकोमा यसबर्ष ३ करोड २० लाख बढेको पाइएको छ । अघिल्लो बर्ष उनी १ सय ६४ औं स्थानमा रहेका थिए भने यसबर्ष १ सय ७६ औं स्थानमा झरेका छन् । बीआरडब्लू पत्रिकाले अस्ट्रेलियाका धनी व्यक्तिहरूका बारेमा सर्वेक्षण गरेर नतिजा प्रकाशन गर्ने गर्छ ।

अस्ट्रेलियाको मेलबर्नमा मेलबर्न इन्सिटच्युट अफ टेक्नोलोजी सञ्चालन गरिरहेका घलेको मूख्य कारोवार रियलस्टेट हो । उनको कलेजमा ३ हजारभन्दा बढि बिदेशी बिद्यार्थी अध्ययनरत छन् । घले करिव १६ बर्षअघि बिद्यार्थीका रुपमा अष्ट्रेलिया आएका थिए । उनी लमजुङका स्थायी बासिन्दा हुन् ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment