बेल्जियममा चितवनबासी नेपालीको बृहत भेला हुने

17/06/2011 19:13

विगत लामो समयदेखी बल्जियममा वस्दै आएका चितवनवासी नेपालीहरुले भाइचाराको सम्वन्धलाई अझ प्रगाढ वनाउने  ऊद्धेश्यले एक बृहत भेला गर्ने भएका छन

बेल्जियमका बिभिन्न शहरहरुमा छरीएर रहेका चितवनवासी नेपाली दाजुभाई दिदिबहीनीहरुलाई एकैपटक एकैठाउँमा सुख-दुख साटासाट गरी रमाइलो गर्नका लागी आगामी जुलाई तारिखका दिन एन्टवेर्पेन स्थीत पार्कमा एक रमाइलो निशुल्क वनभोज कार्यक्रम आयोजना गरीएको हुँदा बेल्जियममा बस्नुहुने सम्पुण् चितवनवासीहरुलाई उपस्थीतिको लागी  चितवन सहायता कोष वेल्जियमले हार्दिक निमन्त्रणा गरेको छ।

 उक्त कार्यक्रम भव्य रुपमा सफल पार्न १२ जुनका दिन एन्टवेर्पेनमा एक बृहत बैठक वसी चिजकुमार श्रेष्ठको संयोजकत्वमा क्षेत्रगत रुपमा निम्न सदस्यहरु रहने गरी आयोजक समिति निर्माण गरिएको जानकारी प्राप्त भएको

एन्टवेर्पेन

कृष्णप्रसाद रेग्मी, तेजेन्द्र कंडेल, रामचन्द्र सुवेदी, कृष्ण शाही, चिजकुमार श्रेष्ठ (सानो),श्रीराम प्रसाइ, भरत अधिकारी ।

लुभेन

रामहरी घिमिर, दिनेश भण्डारी, राजु घिमिरे, रमेश सापकोटा, रफि शाह, रामचन्द्र सापकोटा, पार्वती अधिकारी

व्रसेल्स

घनश्याम शर्मा, प्रशान्त श्रेष्ठ, आग बहादुर लामा ।

 गेन्ट र व्रुगे अर्जुन दाहाल, वसन्त ढुंगाना

ओष्टन्डे सुदिप जंग थापा, नारायण धिताल साथै यस चितवन सहायता कोषले बेल्जियममा बस्दै आउनु भएका सम्पुण् चितवनवासीहरुको नाम संकलन कार्य पनि गरीरहेको हुँदा यही जुन २० तारिखभित्र माथि उल्लेखीत क्षेत्रका साथिहरुसंग सर्म्पर्क गरी नाम संकलन कार्यमा सहयोग गरीदिनु हुन बिनम्र अनुरोध पनि सो सस्थाले गरेको

 सोही दिन बसेको बृहत बैठकमा  चितवन सहायता कोषको विभिन्न कार्यक्रमहरूको  यससंस्थाका माध्यमवाट चितवनमा थालेसिमिया विरामीहरुलाइ पुराउदै गरेको सहयोग रोगीहरूको सम्वन्धमा  सो को डकुमेन्ट्री निर्माण गनेका लागी चिजकुमार श्रेष्ठ तथा शिलु श्रेष्ठको तर्फबाट नेपाली रु ५०,००१ सहयोग प्रदान गर्नुभएकोमा वहाँको सहयोगको उच्च प्रशंसा गर्दछौं , सो समितिका सचिवद्दारा प्रेसित समाचारमा जनाइएको  

 स्मरणीय वेल्जियममा पहिलोपल्ट चितवनवासी दाजु भाइ तथा दिदी वहिनीहरूलाइ निशुल्क रूपमा रमाइलो वनभोजको आयोजना गर्न गैरहेको

चितवन सहायता कोष वेल्जियमले नेपालमा स्थापनाको छोटो समय मै २० लाख भन्दा वढी सहयोग गरिसकेको छ ।

सोर्स: सोलिडारिटी खबर

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment