युवा नेपाल संगठन र परिबर्तनसिल नेपालको परिकल्पना

21/06/2011 12:29

राजेन्द्र गौतम

तपाईं आफुले आफैलाई प्रश्न गर्नुस कि, म कुन इस्तर को ब्यक्ती हु ? अनि बिष्लेषण पनि र देशलाई  सम्झनुस्, मनन गर्नुस देशले मलाई के दियो ? यति त हो म नेपाली त्यही बिस्वको सिखर सगरमाथा अनि शान्तिका अग्रदुत गौतम बुद्ध जन्मियको देशको नागरिक ! तर त्यही हिजको नेपाल हो जो आज राजनीतिक अन्योलको चेपेटामा परिरहेको छ ! देश लुटिएको छ, जहाँ नेपाली भेनेर सिर झुकाउनु बाहेक केहि गर्न सकिएको छैन ! राजनीतिक दलहरुको ब्यक्तिगत स्वार्थ, फितलो सुरक्षा प्रसासन्, कानुन र बैदेशिक हस्तछेप मुल कारक बनिरहेका छन!
देशमा ठुला ठुला राजनीतिक परिवर्तन नभएका होईनन् ! २०४६, २०६२-६३ अनि यस बिचको १० बर्से सशस्त्र आन्दोलनमा हजारौं हजार सहिद हुन तयार भय केवल देश र जनताको लागि ! यो त्यही देश हो जहाँ देश र जनताको हितका लागि पार्टीहरु खोलिएका छन ! सेवाको नारा बोक्दै करोडौं बिदेशी डलर पचाउनी काम भई रहेको छ ! शिक्षाको नाममा राजनिती अनि कुर्चीको लागि लडाइँ  ! नेपालमा राजनीतिक परिवर्तन ल्याउनको लागि युवाहरुले दिएको प्रत्यक कदम कदमको साथलाई सोभाबिक मानिए पनि युवाहरुलाई नेतृत्व तहसम्म पुग्न नदिनु राजनीतिक दलको गम्भिर स्वार्थ मान्न सकिन्छ!

नेपाल त्यही देश हो जहाँ मानबले मानव्लाई  किनबेच गर्छ -बस्तु सरी, फटाह र गुन्डाहरु किनिन्छ यहाँ, लाइसेन्स, पासपोर्टको त कुरै छोडौं, कानुन पनि किनियको छ  ! त्यत्तिले पनि नपुगेर भबिष्य निर्माणको ज्योती "शिक्षा" किनिएको छ यहाँ ! हुने खानेको लागि रजाइ गर्ने थलो बनेको छ हाम्रो देश नेपाल ! फटाह, डकैती अनि हत्याको आरोप लागेकालाई संरक्षण दिन पछी हट्दैन सरकार ! आखिर राज्य, किन जनता माथि खेलवाड गरी रहेको छ ? सागर सरी राजनीतिक परिवर्तनको लागि उर्लिएका युवाहरुको भावनालाई किन बुज्ने कोसिस गर्दैन सरकार ? किन हजारौ हजार युवाहरुलाई देश भित्रै रोजगारको ब्यबस्था गर्न सक्दैन ? किन महिला, दलित्, जनजाति लगायतका बर्ग माथि सोसन हुँदा समेत रमिते बनेर हेरी रहन्छ सरकार ? गास्, बास र कपासको निती लिएर अगाडि बढिरहेका राजनीतिक दल र सरकार प्रमुखहरु किन अगाडि बढ्न सकी रहेका छैनन् ?  त्यसैले त भन्न मन लाग्छ यो पहुच, पावर र राजनीतिमा फेल भएका नेताहरुको देश हो !

जस्को सरकार आयपनि ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न सकिरहेका छैनन् ! युवाहरुलाई देशको सक्तीको रुपमा लिने गरिन्छ ! नयाँ सोच्, नयाँ बिचार, नयाँ नेतृत्वलाई बर्तमान राजनीतिक समाधानका  बिकल्पहरुको रुपमा लिन सकिन्छ ! त्यसैले युवा बिना परिवर्तन असम्भव छ ! युवा जागरणको लागि धेरै सामाजिक संघ संस्थाहरु उदाय यहाँ ! राजनीतिक पार्टीको संरक्षणमा धेरै युवा जस्ताहरु खोलिए अनि क्याम्पसहरुमा बिद्यार्थीको नाममा राजनीति भईरहेको छ ! तर एती हुँदा समेत किन युवाहरु नेतृत्वतह सम्म पुग्न सकिरहेका छैनन ? किन शिक्षाको केन्द्रलाई राजनीति गर्ने भाडो बनाइएको छ ?

अरु भन्दा फरक हुनु पर्छ हाम्रो आदर्श र निती ! आफ्नो परिवारिक स्वार्थ र घमन्डलाई त्यागेर युवा, जनता र देशको  हितमा काम गर्न सक्नु पर्छ हामीले ! हतियार र बलको घमन्डबाट होईन बुद्धि, बिबेक र कलमको संघर्शलाई आत्मसाथ गर्दै युवा संस्थामा मात्र सिमित होईन एक जिम्मेवर निकायसम्म पुग्ने कोसिस गर्नु पर्छ ! देशलाई ढोकिरहेको बैदेशिक हस्तछेपकारी जालोलाई चिर्दै युवा नेपाल संगठन (युनेसं) एक नमुना युवा संस्थाको रुपमा परिचित हुन सक्नु पर्छ ! तब मात्र हामीले सोचिरहेको परिवर्तनशिल नेपालको परिकल्पना मात्र होईन एक समृद्ध नेपालको निर्माण गर्न सक्छौं !

त्यसैले सम्पूर्ण ब्यक्तिलाई  युवा नेपाल संगठनको अभियानमा जुट्न हार्दिक आग्रह गर्दछु !

(लेखक युवा नेपाल संगठनका सल्लाहकार हुन ।)

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment