९ औँ दिनमा रामदेवले अनसन तोडे

12/06/2011 10:21

भारतीय योग गुरु रामदेवले नौ दिन लामो आमरण अनसन तोडेका छन् । आध्यामिक गुरु रवि शंकरको आग्रहमा रामदेवले मौशमको जुस पिएर आज बिहान अनसन तोडेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रामदेवले कालोधन र भ्रष्टाचार विरुद्ध गत शुक्रबारदेखि हरिद्वारस्थित आफ्नै निवासमा आमरण अनसन थालेका थिए । रामदेवको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई तीन दिनअघि उपचारका लागि देहरादुनस्थित हिमालयन अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसअघि नयाँदिल्लीको रामलिला मैदानमा हजारौं समर्थक र शुभचिन्तकका साथ अनसन बसेका रामदेवलाई केन्द्रीय सरकारको निर्देशनमा प्रहरीले बल प्रयोग गरी उक्त स्थानबाट हटाई हरिद्वार लगेर छोडिदिएको थियो ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment