आतंकबादी संगठन अलकायदाका नेता नेता अल जवाहिरी चयन

16/06/2011 10:37

२ असार । आतंकवादी संगठन अल–कायदाले अयमन अल–जवहिरीलाई आफ्नो नयाँ नेताका रुपमा चयन गरेको छ । गत महिना पाकिस्तानमा ओसामा विन लादेनको अमेरिकी सैनिकले हत्या गरेपछि अल–काइदाले नयाँ नेताका रुपमा चयन गरेको हो ।

संगठनको जनरल कमाण्डले बिज्ञप्ति जारी गरि अल–जवहिरीलाई नेता छानेको उल्लेख गरेको बीबीसी अनलाइनले जनाएको छ । साथै उहाँकै  निर्देशनमा अमेरिका र इजरायल बिरुद्ध धार्मिक युद्ध गर्ने चेतावनी समेत दिएको छ । इजिप्टमा जन्मिएका जवहिरी लामोसमयसम्ममा विन लादेनको सहायकको रुपमा काम गरेको बताइएको छ ।

अमेरिकी सैनिकले लादेनको हत्या गरेपछि  अयमन अल जवाहरीले विन लादेनले अमेरिकीहरुलाई चिहानबाट पनि निरन्तर तर्साइ रहने  प्रतिक्रिया दिनु भयो  । उहाँ अफगानिस्तान र पाकिस्तानको सिमा क्षेत्रमा रहेको अनुमान गरिएको छ ।

सोर्स: सोलिडारिटी खबर

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment