कांग्रेस सभापति कोइराला भोलि स्वदेश फर्कने

14/07/2011 10:55

३० असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला भोलि शुक्रबार भारतको नयाँदिल्लीबाट स्वेदश फर्कदै हुनुहुन्छ ।

कांग्रेस मुख्य सचिव बसन्तकुमार गौतमका अनुसार सभापति कोइराला शुक्रबार दिउँसो साढे १ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

अमेरिकामा स्वास्थ्य उपचारपछि सभापति कोइराला युरोपको विभिन्न देशको भ्रमण गर्दै सोमबार नयाँदिल्ली आइपुग्नु भएको थियो । भारत बसाईका क्रममा कोइरालाले प्रधानमन्त्री मनमोहन सिंह, वीत्तमन्त्री प्रणव मुखर्जी लगायतसँग भेटवार्ता गर्नु भएको थियो ।

सभापति कोइराला नियमित स्वास्थ्योपचारको सिलसिलामा असार ५ गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment