मानवअधिकार सम्बन्धी तालिम शुरु

26/09/2011 00:41

कोपिला कडेल,

बागलुङ, ७ असोज |मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा सरकारी कार्यालयका प्रमुखहरुको लागि ३ दिने मानव अधिकार सम्बन्धी अंचल स्तरीय तालिम शनिबारदेखि बागलुङमा शुरु भएको छ ।तालिममा बागलुङ, पर्बत, म्याग्दी, मुस्ताङ र मनाङका गरी २० जना सरकारी कार्यालयका प्रमुखहरुले सहभागिता जनाएका छन् । तालिम बारे जानकारी दिदै राष्ट्रिय मानब अधिकार आयोग क्षेत्रिय कार्यालय पोखराका निर्देशक यज्ञ प्रसाद अधिकारीले मानव अधिकार र बिकासको अवधारणालाई ग्रामिण स्तरसम्म पु¥याउनको लागि सरकारी निकायले पनि दायित्व बोध गर्नुपर्ने बताउनु भयो । उहांले मानव अधिकार सम्बन्धी विश्वब्यापी घोषणा पत्रमा उल्लेखित सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारलाई स्थापित गराउनको लागि सो तालिम महत्वपूर्ण हुने जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला प्रसासन कार्यालय बागलुङका अधिकृत डिल्लीर ाम पौडेल, र सत्कर्म नेपाल बागलुङका अध्यक्ष सिताराम थापाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । तालिमको सहजीकरण पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखराका निर्देशक यज्ञ अधिकारी र अधिवक्ता राजेश हमालले गर्ने जनाईएको छ । कार्यक्रम मानव अधिकार आयोग क्षेत्रिय कार्यालयका निर्देषक अधिकारीको अध्यक्षता, अधिवक्ता राजेश हमालको स्वागत मन्तव्य र आयोगका अधिकृत ज्योती घिमिरेको संचालनमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment