यहि सरकार जेठ चौध सम्म रहन्छ :माधब कुमार नेपाल

13/03/2012 12:52

 

प्रधानमन्त्रीले क्रान्तिकारी कदम चाल्नुस

 

२९ फागुन, काठमाडौँ ।  नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सेना समायोजनमा क्रान्तिकारी कदम चाल्न सके प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार जेठ १४ सम्म कायम रहने बताएका छन ।
 
सोमबार राजधानीमा आयोजीत एक साक्षात्कारमा नेता नेपालले हिजो तीन दलवीच भएको सहमति सकारात्मक भएको टिप्पणी गर्दै सोहि अनुसार समायोजनको प्रक्रिया अगाडि बढाउन सरकारले हिम्मत गर्नुपर्ने बताए ।
 
अब प्रधानमन्त्रीले चाल्ने कदमले उहाँ कमजोर हो कि होईन भन्ने प्रष्ट हुने नेपालको भनाई छ । जेठ १४ सम्म अहिलेकै सरकार कायम रहने सम्भावना औल्याए पनि उनले प्रधानमन्त्री भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार भने नबन्ने ठोकुवा पनि गरे ।
सोर्स: सोलिडारिटी खबर

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment