रामेश्वर शाहद्रारा केन्द्रिय उपाध्यक्षमा उमेद्वारी घोषणा

17/06/2011 23:56

 

खेमनाथ पौडेल

युएई । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष रामेश्वर शाहले आगामी अक्टोवर १२-१४ काठमाडौंमा हुने पाँचौ अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तरराष्ट्रिय परिषदको उपाध्यक्षको पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विगत ६ बर्षदेखी यूएईको एक प्रतिष्ठित कम्पनीमा कार्यरत शाह एनआरएनए अभियानमा शुरुदखिनै सकृयरुपमा रही आएका छन् । खाडीका नेपालीहरुको अवस्थाको बारेमा ज्ञान भएका शाहको यो उम्मेदवारी मध्यपूर्वका एनआरएनहरुको प्रतिनिधित्व हुने अड्कल गरिएको छ ।

गत दुई बर्षको कार्यकालमा पाँचौं क्षेत्रिय सम्मेलनको सफल आयोजनाको अतिरिक्त विश्व एनआरएनएका गतिविधिमा सक्रियता जनाउँदै आएका शाहको उम्मेदवारी मुलतः खाडी राष्ट्रका एनआरएनहरुको प्रतिनिधिको रुपमा लिइएको छ । तर शाह भने आफूलाई मध्यपूर्वको प्रतिनिधत्व गर्ने भन्दापनि आधाजसो गैरआवासीय नेपाली बसोवास गर्ने क्षेत्रको एनआरएन हुँ भन्न रुचाउँछन् । ‘संघमा कुनै क्षेत्र विशेषको प्रतिनिधित्व गर्ने व्यवस्था छैन केन्दि्रय नेतृत्व भनेको कुनै क्षेत्र विशेषको प्रतिनिधित्व गर्ने भन्दापनि समष्टिगत सरोकारका बिषयमा काम गर्ने जिम्मेवारी हो’ उनले स्पष्ट गरे ।

अध्यक्षमा देवमान हिराचन र जीवा लामिछानेले उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा उपाध्यक्षमा अरुपनि त उम्मेदवार बन्लान नि ? भन्ने जिज्ञासामा ‘विश्वमा रहेका गैर आवासीय नेपालीहरुको साझा संस्थामा रहेर कार्य गर्ने इच्छा र सक्रियता देखाउनु संघको सफलता हो । विगतका दिनहरु तथा संस्थाको चौतर्फी विकासलाई विचार गर्ने हो भने सर्वसम्मति र सहमतिको बाटो अपनाउनुको विकल्प छैन । तर समझदारी हुनै नसके अन्तिम अवस्थामा प्रजातान्त्रिक प्रणालीलाई आत्मसात् गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न , तरपनि हाम्रो प्रयास सर्वसम्मत प्रतिनिधित्वमा केन्दि्रत रहन्ोछ ।’ उनको प्रतिक्रिया थियो ।

गतहप्ता दुवईमा वसेको एनआरएनए यूएई एन सी सीको बैठकले शाहलाई अन्तरराष्ट्रिय परिषद्को उपाध्यक्षको उम्मेदवाकोलागि प्रस्ताव गर्ने औपचारीक निर्णय समेत गरिसकेको छ ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment